PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

लैनचौरबाट बालुवाटार सर्‍यो एमाले भातृ संगठनको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

लैनचौरबाट बालुवाटार सर्‍यो एमाले भातृ संगठनको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववीयूको प्रदर्शन लैनचौरबाट बालुवाटार सरेको छ। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर भन्दै लैनचौरको भारतीय दुतावास बाहिर २० मंसिरमा प्रदर्शन गरेका थिए। बुधबार भने उनीहरुले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरुले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको नारा लगाएका थिए। साथै प्रधानमन्त्री प्रचण्ड विरुद्ध आक्रोश पोखेका थिए। बालुवाटार पुगेका प्रदर्शनकारीलाइ निषेधित क्षेत्रमा अगाडि बढ्नबाट रोक्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो। हेर्नुस् इलिट जोशीले खिचेका फोटो-



 


ट्रेन्डिङ पोस्ट

Ncell