PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

​युसिएल : एथ्लेटिको विरुद्ध वायर्नको बदला, आर्सनलको जितमा पेरेजको ह्याट्रिक



पहिलोपोस्ट

​युसिएल : एथ्लेटिको विरुद्ध वायर्नको बदला, आर्सनलको जितमा पेरेजको ह्याट्रिक

युरोपियन च्याम्पियन्स लिग युसिएलमा जर्मन क्लब वायर्न म्युनिखले स्पानिस क्लब एथ्लेटिको मड्रिडसँग बदला लिँदै जित हात पारेको छ। 
घरेलु मैदानमा भएको खेलमा रोवर्ट लेवान्डास्कीको निर्णायक गोलको मद्वतमा वायर्नले एथ्लेटिकोलाई १-० ले पराजित गरेको हो। 

लेवान्डास्कीले २८ औं मिनेटमा गोल गरेका थिए। समूह डी को अघिल्लो खेलमा एथ्लेटिकोले वायर्नलाई १-० ले नै हराएको थियो।

हारका बाबजुत पनि १५ अंक जोडेको एथ्लेटिको यसअघि नै समूह विजेता बनिसकेको छ भने १२ अंक जोडेको वायर्न उपविजेता बनेको छ।
समूह डी कै अर्को खेलमा रसियन क्लब रोस्तोभ र डच क्लब पिएसभी आएण्डहोवनले गोलरहित बराबरी खेलेका छन्। 

यता इंगलिस क्लब आर्सनल समुह ए को विजेता बन्दै नकआउट राउण्डमा पुगेको छ। अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी लुडोगोरेट्ससँग बराबरीमा रोकिएपछि १४ अंक जोडेको आर्सनल समूह् विजेता बनेको हो। 

आर्सनलले स्वीस क्लब बासेललाई उसैको मैदानमा ४-१ ले पराजित गर्‌यो। आर्सनलको जितमा लुकास पेरेजले ह्याट्रिक गरे भने एलेक्स इओवीले १ गोल थपे। बासेलका सेडोउ डोम्वियाले सान्त्वना गोल फर्काए। 

अर्को खेलमा एन्जल डि मारियाले इन्जुरी टाइममा गोल गरेपछि पिएसजीले लुडागोरेट्ससँग २-२ गोलको बराबरी खेल्यो। बराबरीपछि पिएसजी १२ अंकसहित समूह उपविजेता बनेको छ।

यसअघि लुडोगोरेट्सलाई भिर्जिल मिसिडनले र वाण्डरसनले गोल गर्दै दुई पटक अग्रता दिलाएका थिए। पिएसजीका लागि पहिलो पटक एडिनसन काभानीले बराबरी गोल गरेका थिए भने अन्त्यमा डि मारियाले हार टारेका हुन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell