PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

संसदमै रहेका दललाई सय रुपैयाँ जरिवाना, तमलोपासहित ८२ दल कारवाहीमा



पहिलोपोस्ट

संसदमै रहेका दललाई सय रुपैयाँ जरिवाना, तमलोपासहित ८२ दल कारवाहीमा

काठमाडौँ : व्यवस्थापिका संसदमै रहेका पार्टीले आयव्यय विवरण नबुझाउँदा जरिवाना तिर्न परेको छ। आफ्नो वित्तीय विवरण नबुझाउने दल ८२ वटा रहेका छन्। निर्वाचन आयोगले सय रुपैयाँ जरिवाना सहित ३५ दिनभित्र आयव्यय बुझाउन ती दलहरुलाई सूचना मार्फत् सचेत गराएको छ। आयोगले वार्षिक प्रतिवेदन, चित्तबुझ्दो भनाइ तथा आय व्ययको विवरण नबुझाएका दलहरुको सूची प्रकाशित गरेको हो।  

यसरी सचेत गराइएका दलहरुमा केही संसदभित्रै रहेकासमेत छन्। महन्थ ठाकुर अध्यक्ष रहेको तराई-मधेश लोकतान्त्रिक पार्टी समेत रहेको छ। तराई-मधेश लोकतान्त्रिक पार्टीको संसदमा ११ सांसद छन्। त्यस्तै राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक पनि सय रुपैयाँ जरिवानामा परेको छ। फोरम गणतान्त्रिकको संसदमा एक सांसद छन्। सांसद कुमार खड्काको पार्टीले पनि आयव्यव र वार्षिक प्रतिवेदन बुझाएको छैन। त्यसैगरी विसेन्द्र पासवान अध्यक्ष रहेको बहुजन शक्ति पार्टी समेत कारवाहीमा परेको छ।

यी हुन् कारवाहीमा परेका दल- 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell