PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

इरानका लागि जासुसी गरेको अभियोगमा साउदी अदालतले दियो १५ जनालाई मृत्युदण्ड



पहिलोपोस्ट

रियाद (साउदी अरब) : साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा  १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ।
 
सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो।
 
त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला गरेको छ। पक्राउ परेका ३२ जनामध्ये ३० जना साउदी नागरिक हुन् भने एक इरानी र एक अफगानी नागरिक हुन् ।
 
उक्त समूहमाथी राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रुपमा प्रवाह गर्ने गरेको अभियोग थियो । अदालतद्वारा दोषी ठहर्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ।
 
साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ।
 
साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell