PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

फिल्मको नाम टुङ्गो नहुँदै सार्वजनिक भयो 'गाँजाबाजा'को गीत



पहिलोपोस्ट

फिल्मको नाम टुङ्गो नहुँदै सार्वजनिक भयो 'गाँजाबाजा'को गीत

काठमाडौँ : नामको विवाद टुङ्गिनु अघि फिल्म 'गाँजाबाजा'ले पहिलो गीत सार्वजनिक गरेको छ।

फिल्मको नाम चलचित्र विकास बोर्डले दर्ताका लागि अस्वीकार गरेपछि चलचित्रको निर्माण पक्ष कानुनी प्रक्रियामा छ। तर नाम टुङ्गिनु अघि नै गीत भने सार्वजनिक गरेको हो।

'ट्रिपिंग अन अ ह्याप्पी मुड' बोलको गीत युट्युब मार्फत् निर्माण पक्षले सार्वजनिक गरेको हो। अङ्ग्रेजी शब्दहरुको प्रयोग भएको गीतमा निख र जताको संगीत रहेको छ। अभिनेता सुशील सिटौला र अनुपम शर्मा र वर्षा सिवकोटीको फिचारिङ रहेको गीतको भिडियोमा केटी जिस्क्याउने युवाहरुको शैलीलाई प्रस्तुत गरिएको छ। अभिनेता सुशील सिटौलाले गाँजाबाजाको काम टुङ्गो नलागेसम्म आफूले अन्य काममा हात नहाल्ने बताएका छन्। फिल्मको पोस्टरमा मात्र देखिएका सुशील सिटौला भने गीतमा देखिने मौका पाएकोमा खुसी छन्। तर उनले अरु प्रोजेक्टमा हात हाल्न पाएका छैनन्।

फिल्म निर्देशक गणेशदेव पाण्डेका अनुसार फिल्म झमेलामा पर्नु अघिनै गीतको काम सुरु भएको थियो। उनले भने,'आफ्नो लगानी मिहेनत लागेको गीत र भिडियो त्यसै राख्ने कुरा हुँदैन। कानुनी काम अगाडि बढ्दै गर्छ हामी हाम्रो काम रोक्दैनौं।'

बोर्डले 'गाँजा' लागू औषधको नाम भएकाले फिल्ममा त्यो शब्द राख्न नमिल्ने भनेर 'गाँजाबाजा' दर्ता नगरेको हो। निर्माणका लागि अनुमति लिन चलचित्र विकास बोर्ड पुग्दा बोर्डले 'गाँजाबाजा' को फाइल दर्ता गरेको थियो। निर्माण टीमले सरकारलाई राजस्व पनि बुझाएको दाबी गरेको छ।

तर दर्ता प्रमाणपत्र लिन जाँदा भने बोर्डले 'गाँजा' लागू औषधको नाम भएकाले फिल्ममा त्यो शब्द राख्न नमिल्ने भनेर 'गाँजाबाजा'लाई रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell