PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

एमालेले असभ्य राजनीति गर्‍यो : रामचन्द्र पौडेल



पहिलोपोस्ट

एमालेले असभ्य राजनीति गर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताले जथाभावी 'राष्ट्रघात' भन्ने शब्द प्रयोग गरेर असभ्य राजनीति गरिरहेको बताएका छन्।

जापानको ७ दिने भ्रमण पूरा गरेर फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘संविधान संशोधन प्रस्ताव एमालेसँगको सहमतिमै ल्याएको दावी समेत गरे।'

‘सीमाङ्कन हेरेफेर गर्दा जनताले दु:ख पाउँछन् भनेको भए कुरा अर्कै हुन्थ्यो,’ पौडेलले भने, ‘एमालेले आन्दोलनमा राष्ट्रघात भन्ने गलत शब्द प्रयोग गर्‍यो, यो ठीक भएन।’

एमालेले आन्दोलन गर्दा चुनावी सरकारलाई प्राथमिकता दिएको हो भने ‘मोही माग्ने ढुंङ्ग्रो लुकाउने’ नगरी सो विषयमा प्रष्ट कुरा राख्न समेत उनले आग्रह गरे। यसबारे एमालेको धारणा आए छलफल गरेर टुंगोमा पुग्न सहज हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell