PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

बाणिज्य संघका उपाध्यक्ष गौतमलाई गोली हान्ने पक्राउ



पहिलोपोस्ट

रुपन्देही  : उद्योग बाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद गौतमलाई गोली हानेको अरोपमा रुपन्देही सिपवा ५ वस्ने ३५ वर्षीय वीरेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख एसपी रवीन्द्रबहादुर धानुकका अनुसार उनको साथबाट प्रहरीले कटुवा पेस्तोल र एक राउन्ड गोलीसमेत फेला पारेको छ।

धानुकका अनुसार घटनामा संलग्न अर्का एक जना फरार छन्। यादवलाई हिरासतमा राखेर फरारको खोजीमा प्रहरी खटाइएको उनले बताए। भैरहवामा आफ्नै पसलमा बसेका बेला मोटरसाइकलमा आएका दुई युवाले गौतमलाई मगलबार बेलुका गोली हाने पनि छल्न भ्याउँदा उनको ज्यान जोगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell