
इरानमा ६ वर्षका लागि बाह्र फेशन ब्लगर र मोडललाई जेल सजाय तय गरेको डेली मेलले जनाएको छ। वेश्यावृत्ती र नग्नता फैलाएको र त्यसले मुस्लिम संस्कृतीमा असर गरेको आरोपमा मोडलहरुलाई पक्राउ गरिएको हो।
इरानको सिराज शहरमा आठ महिला र चार पुरुषलाई फेशन इन्डस्ट्रीमा काम गर्न र विदेश जानका लागि रोक लगाइएको हो। वकिल मोहमद ताराभाटले भने, 'मेरो क्लाइन्टले सजाय स्वीकारेका छैनन्।'
रिपोर्ट परेकाहरुले पाँच महिनादेखि छ महिनासम्मको जेल सजाय भोग्नुपर्ने जनाइएको छ। सन् २०१६ को सुरुवातमै सामाजिक सञ्जालमा ग्लामरस तस्बिर पोस्ट गरेको कारण केही मोडलहरु समातिएका थिए। उनीहरुलाई सार्वजनिक रुपमा माफी माग्न लगाइएको थियो।
पुलिसले कपाल नबाँधी छोड्नुलाई इस्लाम धर्म विरुद्धको काम भन्दै आठ महिला कलाकारलाई पनि पक्राउ गरेको थियो।
सफल मोडल एल्हाव अराबलाई पश्चिमा संस्कृतीको प्रवर्द्धन गरेको भन्दै आफै विरुद्द क्यामेरासामु बोल्न लगाइएको छ।
फोटो सेयर गर्ने सञ्जाल इन्सटाग्राममा फोटो पोस्ट गरेका कारण समातिनेमध्ये मेलिका जमानी, निलोफर बेहबौडी, डोन्या मोघादम, डाना निक, सबनम मोलावी, एलनाज गोलरोक र हमिद फदाई आदि पर्छन्।