PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

'बदनामीबाट बच्न शेरबहादुरले प्रचन्डलाई प्रधानमन्त्री बनाए'



पहिलोपोस्ट

'बदनामीबाट बच्न शेरबहादुरले प्रचन्डलाई प्रधानमन्त्री बनाए'

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बदनामीबाट बच्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रधानमन्त्री बनाएको दावी गरेका छन् ।

देउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरेको आरोप लगाउँदै उनले बुधबार संवाद क्लवमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुनुमा समेत भारतको साथ रहेको विष्लेशण गरेका थिए ।

प्रचन्डप्रति कडा टिप्पणीगर्दै उनले ‘माओवादको मुखुुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाएको’ आरोप लगाए ।

‘रे लाई जासुसीको आरोपमा देश निकाला गर’

विजुक्छेले नेपालका लागी भारतीय राजदुत रन्जीत रेलाई जासुसीको आरोपमा तत्काल देश निकाला गर्नुपर्ने माग समेत गरेका थिए । रे ले नेपालमा विखण्डन ल्याउने नियतले कूटनीतिक मर्यादा विपरीत काम गरिरहेको उनको आरोप थियो ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएर मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न उकास्ने र त्यसको वातावरण बनाउन आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुसार संविधान संशोधन प्रस्ताव आएको उनको दावी थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell