काठमाडौं : काठमाडौंको जोरपाटी नयाँबस्तीमा रहेको अर्जुनबहादुर सार्कीक डेरामा जुत्ताको सोलभित्र लुकाएको खैरो हेरोइन प्रहरीले फेला पारेको छ । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सार्कीको छोरीको जुत्ताभित्र लुकाएर राखेको हेरोइन फेला पारेको हो।
बृत्तका अधिकारीका अनुसार उनकी छोरी नीता हेरोइन कारोवारी रहेको सूचनाको आधारका उनको कोठामा पुगेको थियो। प्रहरीले उनको जुत्ता हेर्दा त्यसभित्र प्लाष्टिकमा पोको पारेर राखेको ४ वटा प्याकेट फेला पारेको थियो। जोख्दा हेरोइन ३ ग्राम रहेको खुलेको थियो। प्रहरीले नीतालाई पक्राउ गरेको छ।