PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

महँगो शुल्क लिने मेडिकल कलेज विरुद्ध नेविसंघ



पहिलोपोस्ट

काठमाडौं : नेपाल विद्यार्थी संघले तोकेभन्दा बढि रकम लिने मेडिकल कलेजबाट शुल्क फिर्ता गराउने आन्दोलन गर्ने निर्णय गरेको छ । संघले केन्द्रीय बैठकबाटै मापदण्डविपरित शुल्क लिने मेडिकल कलेजविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजबाट शूल्क फिर्ता गराउन आन्दोलन गर्ने निर्णय गरे पनि उसले प्रारम्भमा सरकारी निकायको ध्यानाकर्षण गराउने र कलेज सञ्चालकहरुसँग छलफल गर्ने रणनीतिलाई बढी प्राथमिकतामा राखेकाले संघ तत्काल आन्दोलनमा उत्रिने देखिन्न ।

’पहिलो चरणमा सरकारको ध्यानाकर्षण गराउछौ र शुल्क फिर्ता गराउन माग गछौं, ’संघका महामन्त्री सरोज थापाले भने, ’सरोकारवाला विश्वविद्यालयका परदाधिकारी र कलेज संचालकसँग शैक्षिक सुधारका विषयमा बहस गर्छौ।’ उनले यत्ति गर्दा समेत सुधार नआए मात्र आन्दोलनमा उत्रिने बताए ।

वरिष्ठताको विपक्षमा संघ

वरिष्ठताको आधारमा डिन नियुक्तीको अजेन्डासहित डा गोविन्द केसीको अनशनपछी सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानको डिन केपी सिंहलाई राजीनामा गर्न लगाएर जगदिश अग्रवाललाई नियुक्त गरेको थियो ।
महामन्त्री थापाका अनुसार नेविसंघ वरिष्ठताका आधारमा विश्वविद्यालय पदाधिकारी नियुक्तिका पक्षमा छैन । थापाले राजनीतिक निकटताको आधारमा समेत विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्न नहुने तर्क गर्दै क्षमताको आधारमा नियुक्तीको पक्षमा आफ्नो संगठन रहेको दावी गरे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell