PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

केसीको खुलासा : काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग सिक्किम बनाउने खेल



मनोज सत्याल

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभागलाई नयाँ सिक्किम बनाउने षड्यन्त्र भइरहेको दावी गरेका छन्।

संसदमा बुधबार विशेष समय लिएर बोल्दै उनले जबसम्म यो भूभाग नयाँ सिक्किम बन्दैन तबसम्म किचलो भइरहने दावी समेत गरे।
संघीयता राष्ट्रियताको विरुद्ध रहेको भन्दै आफ्नो दल निरन्तर विपक्षमा उभिइरहेको उनले बताए। संसदमा बोल्दै उनले उनले सीमाङकनको विवाद नयाँ नभइ पुरानै भएको बताए।

एमालेको बचाउमा केसी

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेश नम्बर ४ र ५ को सीमाङ्कन हेरफेर गर्दै संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा सक्रिय भएपछि नेपाली कांग्रेसले सो प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच पहिल्यै भएको सहमति भन्दै बचाउ गरिरहेको छ।

सरकारले दर्ता गरेको संशोधन विधेयकको विरोधका क्रममा केसी एमालेको बचाउमा उत्रिए। व्यापारबाट टाट पल्टिएको व्यापारीले आफ्नो साहु र आसामीको पुरानो विवरण खोज्न डष्टविनमा फालेको पुरानो कागजपत्र खोजे झै सत्ताधारी दलले पुरानै सहमति हो भनेर टार्न खोजेको केसीले बताए।

चौथो पटक पनि संसद चलेन


संविधान संशोधन विधेयकको विरोधमा उभिएको नेकपा एमालेले पुन: अवरोध गर्दा बुधबार पनि संसद बैठक चल्न सकेन। चित्रबहादुर केसीले बोलेलगत्तै एमालेका सांसदहरु उठेर संसदको कारवाही प्रभावित पारेपछि सभामुख ओनसरी घर्ती मगरले शुक्रबार ३ बजे बस्नेगरी बैठकको अन्त्य गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell