PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

४० भन्दा धेरै यात्रु बोकेको पाकिस्तानको विमान दुर्घटनामा



पहिलोपोस्ट

४० भन्दा धेरै यात्रु बोकेको पाकिस्तानको विमान दुर्घटनामा

रेडियो पाकिस्तानले जनाएअनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पिके-६६१ दुर्घटनामा परेको छ। चित्रलबाट इस्लामावाद आउँदै गर्दा विमान दुर्घटनामा परेको हो। विमानमा ४० जनाभन्दा धेरै यात्रु रहेका थिए। पाकिस्तानको डनन्युजले जनाएअनुसार विमानमा गायक जुनियड जमसाद पनि छन्। डनन्युजले ४० जनाभन्दा बढी यात्रु भने पनि रेडियो पाकिस्तानले भने ४६ यात्रु र चालक टीम भनेको छ।

इन्टर सर्भिस पब्लिक रिलेसनले जनाएअनुसार सेनाको हेलिकप्टर सहितको ट्रुप दुर्घटनास्थल हेभेलियनतिर गइसकेको छ। डनन्युजले प्रहरी अधिकृत अवोत्तावादलाई उदृत गर्दै हेभेलियन नजिकै दुर्घटना भएको जनाएको छ।

विमान करिब ३:३० बजे चित्रलबाट उडेको थियो। इस्लामावादस्थित बेनिजिर भुट्टो इन्टरनेसनल एयरपोर्टमा ४:४० मा विमान उत्रिनुपर्ने थियो।

‘चित्रलबाट इस्लामावादका लागि ४० यात्रु बोकेर उडेको पिआइएको एटिआर-४२ एयरक्राफ्ट (पिके-६६१) कन्ट्रोल टावरसँग सम्पर्कविहीन भएको छ,’ पिआइएका प्रवक्ता डेनियल जिलानीले ट्विट गर्दै लेखेका थिए, ‘सबै स्रोत साधन विमान खोज्नका लागि परिचालन गरिसकिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell