PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सुत्केरीको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव



रासस

रत्ननगर (चितवन), २२ मङ्सिर । सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछी चितवन मेडिकल कलेजमा झडप भएको छ ।

उपचारका लागि ल्याइएकी चितवनको भरतपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा मङ्सिर २० मा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।  अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार भएको झडपमा तीन जना प्रहरी र एक जना बिरामी कुरुवा घाइते भएका छन् । भीड बढेपछी स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

उनका अनुसार झडपका क्रममा भीडले हानेको लठ्ठी र ढुङ्गा लागेर प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका छन् ।  आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाए पनि नाम खुलेको छैन ।

अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालको सिसा तोडफोड गरेका छन् ।  प्रहरीले पाँच जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थापाले बताए ।
तीन दिनदेखी अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell