PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

चार युवाले समाते अजिङ्गर, बुझाइयो वन कार्यालयलाई



पहिलोपोस्ट

कावासोती : नवलपरासीको देउराली–६ डिही झ्यालवासमा अजिङ्गर फेला परेको छ।
 
आज बिहान गाउँमा फेला परेको करिब ६ किलोग्रामको अजिङ्गरलाई महाभारत जैविक विविधता संरक्षण समाजको रोहवरमा सेक्टर वन कार्यालय, कावासोतीमा बुझाइएको छ।
 
स्थानीय युवा धनबहादुर राना सहित चार जना युवाको समूहले अजिङ्गरलाई नियन्त्रणमा लिएको थियो। जङ्गलमा छोड्दा चोरी–निकासी हुन सक्ने डरले उनीहरुले वन कार्यालयमा उक्त अजिङ्गर बुझाएका हुन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell