PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

ट्रयाक्टरले ठक्कर दिँदा महिलाको मृत्यु



पहिलोपोस्ट

गौशाला : महोत्तरीको धिरापुर गाविसमा ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव छिन्
 
धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।

घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell