काठमाडौ : परीक्षामा धाँधली भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले आफैले लिएको परिक्षा रद्द गरेको छ । उसले इन्जिनियर, सव–इन्जिनियर तथा असिस्टेन्ट सव–इन्जिनियर करारमा लिनका लागि लिइएको परीक्षा रद्द गरेको हो।
मन्त्रालयले लिखित तथा मौखिक परीक्षामा धाँधली भएको गुनासो आएपछी छानविन गर्न समिति गठन गरेको थियो । मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले परीक्षा रद्द गर्न सिफारिस गरेको थियो।
परीक्षामा भएको त्रुटिमा संलग्न कर्मचारीको सम्बन्धमा मन्त्रालयले थप छानबिन गरी आवश्यक कारबाही गर्ने निर्णय भएको सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीका प्रेस संयोजक शिव देवकोटाले जानकारी दिए।
मन्त्रालयका अनुसार अब लिइने परीक्षालाई गोपनीय, विश्वसनिय, निष्पक्ष, प्रक्रियागतरुपमा पारदर्शी र वैध बनाउन लोक सेवा आयोगसँग समन्वय गर्ने तयारी गरेको छ ।