PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

महिला एसियाकपमा छनोट भएपछि घोषणा गरेको नगद पुरस्कार एसियाकप खेलेपछि दिइयो



पहिलोपोस्ट

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल महिला टी– टवेन्टी क्वालिफायर क्रिकेट प्रतियोगितामा उपविजेता बन्दै महिला एसिया कप खेलेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ। 

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा दोश्रो हुन सफल १४ खेलाडी, १ प्रशिक्षक र १ फिजियोसहित १६ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कार अनुसार जनही २५ हजार र सम्मान पत्र प्रदान गरियो।

सम्मानित हुने खेलाडीहरुमा रुविना क्षेत्री (कप्तान), सीता राना मगर (उपकप्तान), नेरी थापा, निरा राजोपाध्याय, करुणा भण्डारी, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सबनम राई, रोशनी बोहरा, सरस्वती चौधरी, रश्मी शर्मा, निर्मला शाही र ज्योति पाण्डे रहेका छन्। प्रशिक्षक राजु बस्न्यात र फिजियो मनु लु पनि सम्मानित भए।

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री दलजीत विके श्रीपाली र खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले एसिया कपको नतिजालाई इंगित गर्दै लाई हार्दा निराश हुने र जितमा मातिने परिपाटीको अन्त्य गर्नुपर्ने बताउँदै हारबाट पाठ सिकेर जितका लागि सोच्नुपर्ने धारणा व्यक्त गरे। 

उनले खेलाडीले अभाव र अफ्ठेरोबीच खेल्नु परेकोले राम्रो नतिजा नआएको विचार व्यक्त गर्दै खेलाडीलाई कीर्तिपुरको मैदानमा मात्र सीमित नगर्ने विषयतर्फ आफ्नो ध्यानकर्षण भएको बताए। 

अहिलेको एकमात्र अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउँदै श्रीपालीले सरोकार सबैलाई यसैमा केन्द्रीत हुन पनि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell