PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सामान्यको अनुमति नै नलिई पाँच जिल्लाका सिडिओ फेरिए



पहिलोपोस्ट

सामान्यको अनुमति नै नलिई पाँच जिल्लाका सिडिओ फेरिए

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयसँग सहमतीनै नलिई गृह मन्त्रालयले पाँच  जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काजमा ओखलढुंगा , दोलखा , ताप्लेजुंङ, दैलेख र बाजुराको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

ओखलढुंगामा फणीन्द्र दाहाल, दोलखामा यज्ञराज बोहोरा, ताप्लेजुङमा नरबहादुर खड्का, दैलेखमा जीवनप्रसाद दुलाल र बाजुरामा देवेन्द्र लामिछानेलाई काजमा प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

दुलाल दाङमा सहायक सिडिओ थिए भने लामिछाने धनुषामा सहायक सिडिओ थिए । अन्य तीन जना गृह मन्त्रालयमा कार्यरत रहेका सह–सचिव हुन् ।

मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित अन्य ९ सह–सचिवको समेत सरुवा गरेको छ । सरुवा हुने अन्यमा चक्रपाणी पाण्डे, पुष्पराज शाही, श्रीनाथ पौडेल, चन्द्रप्रसाद गैरे,  गणेश भट्टराई लगायतका छन् ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell