PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने



पहिलोपोस्ट

काठमाडौं : भारतमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। 

आगामी डिसेम्वर १७ मा एन्फा कम्प्लेकस सातदोवातोमा नेपाल र मलेसियाबीच खेल हुनेछ। एन्फाले पठाएको आग्रहलाई मलेसियन फुटबल संघले स्वीकार गरेपछि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न मलेसिया नेपाल आउन लागेको हो। मलेसियन टोली डिसेम्वर १५ मा नेपाल आउनेछ।

आगामी डिसेम्वर २६ देखि भारतको सिलगुरीमा हुने चौथो महिला साफ च्याम्पियसिपको लागि हाल ३० नेपाली खेलाडी क्लोज क्याम्पमा प्रशिक्षण गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell