PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

​च्याम्पियन्स लिगमा लेस्टरको पहिलो हार, पोर्टोसँग ५-० ले पराजित



पहिलोपोस्ट

​च्याम्पियन्स लिगमा लेस्टरको पहिलो हार, पोर्टोसँग ५-० ले पराजित

युरोपको प्रतिष्ठत क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंगलिस चयाम्पियन लेस्टर सिटीले पहिलो हार बेहोरेको छ। एक खेल खेल्नु अघि नै नकआउट राउण्डमा पुगिसमेको लेस्टर समूह चरणको अनितम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोसँग ५-० को फराकिलो अन्तरले पराजित भएको हो। 

घरेलु मैदानमा पोर्टोलाई जिताउन आन्द्रे शिल्भाले २ तथा जेसस कोरोना, यासिन ब्राहिमी र डिओगो जाटाले १/१ गोल गरे।

जितसँगै ११ अंक जोडेको पोर्टो समूह जी को उपविजेता बन्दै नकआउट राउण्डमा प्रवेश गरिसकेको छ। हारका बावजुत पनि च्याम्पियन्स लिगमा डेब्यु गरेको सिजनमै लेस्टर १३ अंक जोडेर समूह जी को विजेता बनेको छ। 

समूह जी कै अर्को खेलमा एफसी कोवनहेगनले क्लब बु्रगलाई २-० ले पराजित गर्‌यो। पोर्टोले लेस्टरलाई हारएपछि ९ अंक जोडेपनि कोवनहेगन समूह चरणबाटै बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell