काठमाडौं: सिभिल इन्जिनियर सुमन श्रेष्ठ संगमको ‘हामी साथी साथी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोको धरानमा औपचारिक कार्यक्रमविच बुधबार विमोचन पनि भयो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्दै भाषाविद् प्रा.डा.टंकप्रसाद न्यौपानेले साथी साथी गीत अहिलेको समाजका लागि उदाहरणीय बनेको भन्दै प्रशंसा गरे। प्रतिष्ठानका प्राज्ञ राम धामीले गीत तथा भिडियोको समिक्षा गर्दै साथीहरु मिलेर अघि बढ्न आग्रह गरे।
गायक सुमनलेनै निर्देशन गरेको साथी साथी भिडियोमा जुलन कालिकोटे, मणि भुजेल, पुष्कर ताम्राकार, रामनारायण साह, राजेश श्रेष्ठ, राजन खनाल, मोहन तिम्सिना, विराज खनाल, शम्भु थापा मगर, भुपेन्द्र गुरुङ, साजन राई लगायतको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्माले खिचेको गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
साथी समूहमा विभिन्न जाती र पेशाका युवाहरु आवद्ध छन्। अहिलेको राजनीतिक, जातीय, धार्मिक तथा अन्य सामाजिक फुटको संघारमा रहेको सामाजिक माहोललाई एकताको समाज निर्माण गर्ने हामी साथी साथीको लक्ष्य रहेको गायक तथा निर्देशक श्रेष्ठले बताए।‘देशको समृद्धि र उन्नतीको लागि प्रवद्र्धन गर्नै पर्ने पर्यटन र जडिबुटीलाई पनि सांकेतिक रुपमा प्रस्तुत गरेका छौं,’ उनले भने, ‘जहाँ भेडेटार, नाम्जे, पोखरा लगायतका पर्यटकीय स्थलहरु र नेपालको राष्ट्रिय डण्डिबियो खेल लगायतलाई पनि परिचित गराउने कोसिस गरेका छौं।’