PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​दुई गोलको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकियो, डर्टमण्ड समूह विजेता



पहिलोपोस्ट

​दुई गोलको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकियो, डर्टमण्ड समूह विजेता

मार्को रिउसले खेल सकिन एक मिनेट अगाडी गोल गरेपछि रियल मड्रिडलाई २-२ गोलको बराबरीमा रोक्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह ई को विजेता बनेको छ। 

खेलमा रियलले दुई गोल गरेर पनि अग्रतालाई कायम राख्न नसक्दा बराबरीमा रोकिएको हो। करिम बेन्जामाले २८ र ५३ औं मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए। तर सान्टियागो बर्नावेउमा डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्कायो। ६१ औं मिनेटमा पिएरे एमरिक औवामेयाङले गोल गर्दै अन्तर कम पारे भने ८९ औं मिनेटमा औवामेयाङकै पासमा रिउसले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो।

बराबरीपछि १४ अंक जोडेको डर्टमण्ड समूह विजेता बन्दा १२ अंक जोडेको रियल समूह उपविजेता बनेको छ। समूह उपविजेता बनेको रियलले अन्तिम १६ मा समूह विजेता प्रतिद्वन्दी पाउने भएकाले खेल कठिन हुन सक्छ। यता रियल विरुद्ध २ गोल गरेसँगै समूह चरणमा कुल २१ गोल गरेको डर्टमण्डले समूह चरणमा सर्बाधिक गोल गर्ने म्यानचेष्टर युनाइेटड, बार्सिलोना र रियलकै २० गोलको रेकर्ड तोडेको छ।

 

यता समूह चरणको अन्तिम खेलमा फ्रान्सेली क्लब लियोनसँग गोलरहित बराबरी खेल्दै स्पानिस क्लब सेभिया पनि नकआउट चरणमा प्रवेश गरेको छ। ११ अंक जोडेको सेभिया समूह एचको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। डाइनामो जाग्रेवलाई २-० ले पराजित गरेको युभेन्ट्स १४ अंक जोड्दै समूह एचको विजेता बन्यो। युभेन्ट्सको जितमा गोन्जलोा हिग्वेन र ड्यानिएले रुगानीले १/१ गोल गरे।

यता समूह चरणबाट बाहिरसकेको इंगलिस क्लब टोटनहम हट्सपरले समूह ई को खेलमा सिएसकेए मस्कोमाथि सान्त्वना जित हासिल गरेको छ। एक गोलले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै टोटनहमले ३-१ को जित हात पारेको हो। टोटनहमको जितमा डेले अली र ह्यारी केनले गोल गरे भने इगोर अकिनफिवले आत्मघाती गोल उपहार दिए। यसअघि अलान जागोभले गोल गर्दै मस्कोलाई अग्रता दिलाएका थिए। 

यसै समूहको अर्को खेलमा नटआउट राउण्डमा पुगिसकेको दुई क्लबको भिडन्तमा बायर लेभरकुजनले मोनाकोलाई ३-० ले हरायो। 
जितपछि १० अंक जोडेको लेभरकुजन समूह उपविजेता बनेको छ भने हारका बावजुत पनि ११ अंक रहेको मोनाको समूह विजेता बनेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell