PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

यी हुन्, च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टीम, सम्भावित प्रतिद्वनद्वी यस्ता छन्



पहिलोपोस्ट

यी हुन्, च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टीम, सम्भावित प्रतिद्वनद्वी यस्ता छन्

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश पाउने सबै टीमको टुङ्गो लागिसकेको छ। 
बुधबार राती सम्पन्न ८ खेलपछि ८ वटै समूहबाट समूह विजेता र समूह उपविजेता टोलीको पनि छिनोफानो भइसकेको छ। 

यस पटक स्पानिस ला लिगा बाट सबैभनदा बढी चार टोली नकआउट राउण्डमा प्रवेश गरेका छन्। स्पेनको बार्सिलोना र एथ्लेटिको मड्रिड समूह विजेता तथा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र सेभिया समूह उपविजेता बन्दै नकआउट राउण्डमा पुगेका हुन्।

यस्तै जर्मन बुण्डेसलिगा र प्रिमियर लिगबाट ३/३ क्लब नकआउट राउण्डमा पुगेका छन् भने फ्रेन्च लिग वन, इटालियन सिरी ए र पोर्चुगलको प्रिमियर लिगाबाट समान २ क्लब नकआउटमा प्रवेश गरेका छन्। 

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड सहित जर्मन च्याम्पियन वायर्न म्युनिख, फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी, म्यानचेष्टर जस्ता क्लब समूह उपविजेता बन्नु र लेस्टर, मोनाको, नेपोलीजस्ता क्लब समूह विजेता बन्नुले यसपटकको अन्तिम १६ को ड्र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। 
अन्तिम १६ मा एकै क्लब प्रतिद्वन्दी हुनेछैनन् भने समूह चरणमा एक आपसमा खेलेका टीमबीच पनि प्रतिस्पवर्धा हुनेछैन। यस्तै समूह विजेता र उपविजेता मात्र एक अर्का प्रतिद्वन्दी हुनेछ। 

त्यसो हो भने कसको प्रतिद्वन्दी को हुनेछ त अन्तिम १६ मा  ?
समूह ए को विजेता बनेको आर्सनलले उपविजेता बनेको म्यानचेष्टर सिटीसँग खेल्नुपर्ने छैन। आर्सनलको सम्भावित प्रतिद्वन्दीमा वायर्न, वेनफिका, रियल, लेभरकुजन, पोर्टो र सेभिया छन्। 

समूह सी को विजेता बनेको बार्सिलोनाले वायर्न, लेभरकुजन, पिएसजी, वेनफिका र पोर्टो मध्ये एक प्रतिद्वन्दी पाउनेछ।

समूह एफ को उपविजेता तथा डिफेन्डिङ च्याम्पियन रियलले बार्सिलोना र एथ्लेटिकोसँग खेल्नुपर्नेछैन भने लेस्टर, आर्सनल, युभेन्ट्स, नेपोली र मोनाकोमध्ये एकसँग खेल्नुपर्नेछ।

यस्तै एथ्लेटिको मड्रिडले वेनफिका, म्यानचेष्टर सिटी, लेभरकुजन, पिएसजी र पोर्टोमध्ये एकसँग भिड्नेछ।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell