PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

बाबुरामलाई जुत्ता हान्ने युवाको बयान- 'प्रचण्ड, ओली र नेपाललाई पनि हान्ने योजना छ'



पहिलोपोस्ट

बाबुरामलाई जुत्ता हान्ने युवाको बयान- 'प्रचण्ड, ओली र नेपाललाई पनि हान्ने योजना छ'

पोखरा : नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टरामाथि जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।
 
बिहीबार पोखराको पृथ्वी नारायण क्याम्पसमा भइरहेको एक कार्यक्रममा २९ वर्षीय सञ्जीव भट्टराईले संयोजक भट्टराईलाई जुत्ता प्रहार गरेका थिए। नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीहरूको स्वागतार्थ कार्यक्रम आयोजना गरेको थियो। योजना नै बनाएर झोलामा कालो झन्डा बोकेर कार्यक्रममा पुगेका उनले भट्टराई बोल्न थालेको तीन मिनेटपछि नै कालो झन्डा देखाई विरोध सुरु गरेका थिए। त्यसको केही समयपछि उनले आफूले लगाएको जुत्ता खोले र स्टेजमा रहेका भट्टराईमाथि प्रहार गरे।
 
स्टेजभन्दा धेरै पर रहेकाले जुत्ता भट्टराईसम्म नपुगको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका सञ्जीवले पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्।
 
नियन्त्रणमा रहेका उनले आफूलाई राजनीतिक दलका शीर्ष नेतामाथि वितृष्णा भएकाले जुत्ता हानेको बयान दिएको प्रहरी निरीक्षक किशोर लम्सालले बताए।
 
बयानमा उनले शीर्ष नेताले देश बिगारेकाले उनीहरुबाट युवा निराश बनेको बताएका छन्। प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल लगायतका अन्य शीर्ष नेतालाई भेटेर जुत्ता हान्ने योजना बनाएको पनि उनले बयानका क्रममा बताएका छन्।
 
उनी सामान्य परिवारका हुन्। कैलालीको नारायणपुरबाट अध्ययनका लागि उनी पोखरा आएका हुन्। पढाइका अलावा उनी दिउँसो कुखुरा काटेर बेच्ने काम गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell