PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

दुर्घटनामा पर्नेको शव चिनिएन, बचेको अंग इस्लामावाद पुर्‍याइँदै



पहिलोपोस्ट

दुर्घटनामा पर्नेको शव चिनिएन, बचेको अंग इस्लामावाद पुर्‍याइँदै

पाकिस्तानको एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाउनेको बचेखुचेको शरीरको भाग इस्लामावाद पुर्‍याइने भएको छ। अवोट्टावाद नजिकै भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्समा परी ४७ जनाले ज्यान गुमाएका थिए। सबै ज्यान गुमाउनेका बचेका अंग पहिचानका लागि इस्लामावाद लैजान लागिएको हो।

पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए)का प्रवक्ता ड्यानियल गिलानीले ४२ यात्रु र ५ क्रु मेम्मबर सहित ४७ जनाको दुर्घटनामा मृत्यु भएको जानकारी दिए। पिआइएले यसअघि ४८ जनाको मृत्यु भएको जनाएको थियो।

अबोट्टावाद सहरको दक्षिण पश्चिम क्षेत्रमा रहेको अस्पतालका प्रवक्ता जुनैद सरवारले जम्मा ५ जनाको मात्र शब पहिचान गर्न सकिएको जानकारी दिए। बाँकी यसरी जलेका छन् कि पहिचान हुन नसकेको उनले बताए। नेशनल डेटाबेस एन्ड रजिस्ट्रेसन अथोरिटीले उनीहरुको पहिचान गर्न नसकिएको जनाएको छ। 'हामीले शरीरको भाग डिएनए परीक्षणका लागि इस्लामावाद पठाउँदैछौं,' उनले भने।
 
इस्लामावादभन्दा ७५ किलोमिटर दुरीमा विमान दुर्घटना भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell