
काठमाडौं : तपाईं ‘सेक्सी’ शब्दलाई कसरी परिभाषित गर्नुहुन्छ?
प्राय: महिलाको हकमा प्रयोग हुने यो शब्दलाई सबैले फरक ढंगमा अर्थ लगाउँछन्। कुनै राम्री युवती देख्नेबित्तिकै ‘वाह, क्या सेक्सी’ भनेर कतिपय सकारात्मक प्रशंसा गर्छन् भने कति यही शब्दको आडमा अश्लीलतासँग पनि जोडिदिन्छन्।
नेपाली फिल्म जगतकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीले भने सेक्सी शब्दलाई आफ्नै तरिकाले परिभाषित गरेकी छिन्।
सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गर्दै उनले त्यसैमा सेक्सीको परिभाषा लेखेकी छिन्।
'राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो,' उनको सटिक परिभाषा।
(फोटो : प्रियंकाको फेसबुकबाट)'Sexy' is the comfortable feeling of being who you are. SEXY is not just about having beautiful lips and legs; its beyond that!
— Priyanka Karki (@PriyankaKarky) December 7, 2016
SEXY is SOUL pic.twitter.com/XfEQzj39JG