PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

राजनीतिक संकटबारे सभामुख-देउवा छलफल, देउवा भन्छन्- ‘सधैं गतिरोध नरहला’



पहिलोपोस्ट

राजनीतिक संकटबारे सभामुख-देउवा छलफल, देउवा भन्छन्- ‘सधैं गतिरोध नरहला’

काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावपछि उत्पन्न जटिल परिस्थितिको निकास खोज्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटलाई तीव्र बनाएकी छिन्।
 
उनले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर जारी संसद अवरोध, दलबीचको बढ्दो दुरीका विषयमा छलफल गरिन्। सो भेटमा संविधान संशोधन प्रस्तावलाई कसरी किनारा लगाउने भन्ने विषयमै बढी कुरा भएको थियो।

‘संसदमा जारी अवरोध र संशोधन लगायतको विषयमा कुरा भयो,’ देउवाले संक्षिप्त प्रतिक्रिया दिए, ‘गतिरोध सधैं नरहला।‘
 
एमालेले सदनमै संघर्ष थालेपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्तावमाथिको छलफल पनि हुन सकेको छैन।
 
सभामुखले एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्दैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell