PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

जय ललिताको शोकमा ७७ जनाले गरे आत्महत्या, औला काट्ने उत्तिकै



पहिलोपोस्ट

जय ललिताको शोकमा ७७ जनाले गरे आत्महत्या, औला काट्ने उत्तिकै

एआइएडीएमके पार्टीले तामिलनाडूमा मात्र ७७ जनाले प्रान्तका मुख्यमन्त्री जय ललिताको मृत्युका कारण आत्महत्या गरेको जनाएको छ। मुख्यमन्त्रीको शोकमा डुबेका उनका समर्थकले आत्महत्या गरेका हुन्। यसरी अनाहकमा ज्यान गुमाएका परिवारलाई पार्टीले जनही ३ लाख रुपैयाँ राहतस्वरुप दिने घोषणा गरेको छ।

विरामी भएदेखि नै जय ललिताको जीवन रक्षाको प्रार्थना गर्नेक्रम बढेको थियो। कतिले त आफ्नो औला काटेर पनि उनीप्रति श्रद्धाको भाव प्रकट गरे। पार्टीले उनको शोकमा घाइते भएकाकालाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। ३ दिनअघि उनको अस्पतालमा निधन भएको थियो।

'सम्माननीय अम्मा(जय ललिता)को मृत्युको शोकमा अहिलेसम्म ७७ जनाले ज्यान दिएका छन्,' पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।

केन्द्रीय सरकारले भने ३० जनाको आत्महत्या भएको तथ्य बाहिर ल्याएको थियो। पार्टीले ७७ जनाकै विवरणसमेत सार्वजनिक गरेको छ। आत्महत्याको प्रयास गर्ने र शोकमा अंग काट्नेको निशुल्क उपचारसमेत पार्टीले थालेको छ।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell