PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सभामुखलाई ओलीको ठाडो जवाफ- 'संशोधन प्रस्ताव फिर्ता भएपछि मात्रै संसद चल्छ'



पहिलोपोस्ट

सभामुखलाई ओलीको ठाडो जवाफ- 'संशोधन प्रस्ताव फिर्ता भएपछि मात्रै संसद चल्छ'

काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावपछिको राजनीतिक संवादहीनता अन्त्यको प्रयासमा लागेकी सभामुख ओनसरी घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज छलफल गरिन्।
 
प्रमुख प्रतिपक्ष एमलेले सडकका साथै सदनमा पनि अवरोध जारी राखेको छ। संसद चल्ने वातावरण बनाउन सभामुखले गरेको आग्रहमा ओलीले ठाडो जवाफ दिए।

सभामुखले ‘तपाईंहरुको अवरोधले संसदको कामकारबाही प्रभावित बनेका छन्। निकासका लागि यहाँहरुले पनि सहयोग गर्नुपर्‍यो’ भनेकी थिइन्। त्यसको जवाफमा ओलीले भने, ‘सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ। त्यसपछि संसद सुचारु हुन्छ।‘
 
यसअघि आजै सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि जारी संसद अवरोध, दलबीचको बढ्दो दुरीका विषयमा छलफल गरेकी थिइन्।
 
सभामुखले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्ने भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell