PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​करिम बेन्जामा च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी, अरु कोको?



पहिलोपोस्ट

​करिम बेन्जामा च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी, अरु कोको?

रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जामा युरोपियन च्याम्पियन्स लिगमा ५० गोल गर्ने छैटौं खेलाडी बनेका छन्। सर्बाधिक गोलकर्ताको सूचीमा रहेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीबीच कसले सय गोल पहिले गर्ने भन्ने होडबाजी चलिरहेका बेला बेन्जामा ५० गोलको आँकडा छोएका हुन्।

बुधबार राति भएका समूह चरणको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड विरुद्ध २ गोल गर्दै बेन्जामाले ५० गोल पूरा गरेका हुन्। उनले ४९ गोल गरेको रियलका लेजेण्ड अलफ्रेडो डे स्टेफानोलाई पछि पारेका हुन्। जारी सिजनमा बेन्जामाले ४ गोल गरिसकेका छन्। २८ वर्षे बेन्जामाले सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट पहिलो पटक च्याम्पियन्स लिग खेलेका थिए।

सर्बाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेको रोनाल्डोले ९५ गोल गरिसकेका छन्। तर पछिल्लो ४ खेलमा रोनाल्डोले गोल गर्न सकेका छैनन्। समूहको सुरुवाती दुई खेलमा स्पोर्टिङ र डर्टमण्ड विरुद्ध रोनाल्डोले १/१ गोल गरेका थिए। 

यता यस सिजन १० गोल गरिसकेका मेसीले रोनाल्डोलाई पछ्याइरहेका छन्। मेसीले समूह चरणमा म्यानचेष्टर सिटी र सेल्टिक विरुद्ध ह्याट्रिक समेत गरेका थिए। मेसीले कुल ९३ गोल गरिसकेका छन्। 


यस्तै रियलकै पूर्व स्टार राहुल ७१ गोल सहित तेस्रो स्थानमा छन्। लामो समयसम्म कायम रहेको राहुलको ७१ गोलको रेकर्ड सुरुमा मेसीले तोडेका थिए। त्यसपछि भने मेसी र रोनाल्डोबीच निरन्तर प्रतिस्पर्धा भइरहेको छ। 

सर्बाधिक गोलकर्ताको चौथो र पाँचौं स्थानमा रहेका डच खेलाडी रुड भान निस्टोरलय र फ्रेन्च स्टार थियरी अनरीले समान ५६ गोल गरेका छन्। 
बेन्जामाको उमेर अझै बाँकी रहेको र ठूला क्लबमा खेलिरहेका कारण आगामी वर्षसम्म बेन्जामाले अनरीलाई उछिन्न सक्ने फुटबल विश्लेषकहरुले बताएका छन्। 

यता हाल इंगलिस क्लब म्यानचेष्टर युनाइटेडबाट खेलिरहेका ज्लाटन इब्राहिमोभिच ४८ गोल गर्दै आठौं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell