PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

रोकिराखेको बसमा स्कुटर ठोक्किँदा भक्तपुरमा एक युवकको ज्यान गयो



पहिलोपोस्ट

भक्तपुर : पार्क गरेर राखिएको बा३क ३७८१ नम्बरको बसमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।
 
भक्तपुर नगरपालिका–१५ स्थित कालोपाटीमा आज बा ७९प १७६ नम्बरको स्कुटर बसमा ठोक्किएको थियो। सो दुर्घटनामा स्कुटर चालक रामेछाप हिलदेवी–१ घर भई भक्तपुरको ताथली बस्दै आएका २२ वर्षीय सूर्य योञ्जनले ज्यान गुमाए।
 
त्यसैगरी, आजै भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा२ख ६२८७ नंको बस थिमि एसएस चोकमा अनियन्त्रित भई विपरीत दिशामा पुगेर बा१स ५०५ नंको पर्यटक बसलाई ठक्कर दिन पुग्दा बस चालक घाइते भएका छन्।
 
ठक्कर दिने बस चालक भक्तपुर नगरपालिका–४ कमलविनायक बस्ने दीपकलाल श्रेष्ठ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell