PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

प्रम प्रचण्ड भन्छन्- ‘प्रस्तावमा ओलीजीकै हस्ताक्षर छ, हामी राष्ट्रघाती भए उहाँ कसरी राष्ट्रवादी?



पहिलोपोस्ट

प्रम प्रचण्ड भन्छन्- ‘प्रस्तावमा ओलीजीकै हस्ताक्षर छ, हामी राष्ट्रघाती भए उहाँ कसरी राष्ट्रवादी?

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भनेर आरोप लगाउने गरेकोमा आपत्ति जनाएका छन्।
 
आफूले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुसार नै पहाड र तराईलाई छुट्याएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। ‘५ नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो। ६–७ पानाको त्यस प्रस्तावमा केपी ओलीजीले हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ। त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहिँ राष्ट्रवादी?’
 
७ नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने दाबी गरेका छन्। संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको बताउँदै उनले अहिले विरोधमा रहेको नेकपा एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरे।
 
२ नम्बर प्रदेशसहित रोल्पाको थवाङ, बझाङको काँडा, नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनर्संरचनाको आयोगको प्रतिवेदन आउन ढिला भएको जानकारी दिँदै विवाद समाधान नहुने स्थितिमा स्थानीय निकायको पुरानै संरचनाअनुसार पनि चुनाव हुन सक्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell