पोखरा : पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी तिन विकास क्षेत्रबाट बक्सिङ खेलाडी छनोट भएका छन्। प्रतियोगितालागी पाँचै विकास क्षेत्रका छनोट खेल पोखरा रगंशालामा गरिएको छ।
छनोट प्रतियोगिताअन्र्तगत विहिबार भएको फाइनल पश्चात पश्चिमाञ्चलबाट ४९ केजी तौल समुहमा विष्णु गौतम(कास्की), ५२ केजी तौल समुहमा चिरञ्जिवी राना(पाल्पा), ५६ केजी तौल समुहमा दिनेश बानियाँ(कास्की), ६० केजी तौलमा सविन गुरुङ(कास्की), ६९ केजीमा सागर शाही(कपिलबस्तु), ७५ केजीमा नरेश थापा(रुपन्देही), ८१ केजीमा नुरेन्द्र गुरुङ(नवलपरासी), ९१ केजीमा विजय आलेमगर(कास्की) र ९१ केजी तौल समुहमाथि ओमप्रसाद गुरुङ(कास्की) छनोट भएको छनोट प्रतियोगिता पश्चिमाञ्चल सचिवालय प्रमुख कृष्ण तिमिल्सेनाले बतााए।
सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट बक्सिङका लागी ४९ केजी तौल समुहमा गौरव चन्द्र(कन्चनपुर), ५२ केजीमा महेन्द्र चन्द(कन्चनपुर) ,५६ केजीम राजेश चन्द(कन्चनपुर), ६० केजीमा रामबहादुर थापा(कन्चनपुर), ६४ केजीमा प्रशान्त दाहाल(बजुरा) र ६९ केजीमा लक्ष्मण थामामगर(कैलाली) छनोट भएका छन्।
त्यस्तै मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट ४९ केजीमा चन्द्रबहादुर थापा(दाङ), ५२ केजीमा प्रेम चौधरी(दाङ), ५६ केजीमा चन्द्रज्योती थापा(दाङ), ६० केजीमा यूरेन्द्र बुढामगर(दाङ), ६४ केजीमा बिपिन रोकामगर(रोल्पा), ६९ केजीमा अर्जुन बुढामगर(जाजरकोट) छनोट भएका छन्।
एथलेटिक्स
छनोट खेलअन्र्तगत विहिबार पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको १ हजार मिटर पुरुष दौडमा प्रकाश कुँवर (पर्वत)ले स्वर्णपदक जितेका छन्। उनले ३५ मिनेट ५९ सेकेण्डमा निर्धातिर दुरी पुरा गरे। आर्यन बस्नेत (गोर्खा)ले ३६ मिनेट ५६ सेकेण्डमा दुरी पार गदै रजत तथा प्रताप भुसाल (पर्वत)ले ३८ मिनेट २० सेकेण्डमा दुरी पार गदै कास्य पदक जिते।
सोही इभेन्टको महिलातर्फ गिता विक (गुल्मी)ले ५२ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गदै स्वर्ण पदक जितिन्। सिता सेन (गुल्मी)ले ५२ मिनेट ४८ सेकेण्डमा दुरी पार गदै रजत र इन्दिरा नेपाली (पर्वत)ले ५३ मिनेट २४ सेकेण्डमा दुरी पुरा गदै कास्य पदक जितिन्।
४ गुणा चार सय मिटर रिले पुरषमा कपिलबस्तुले स्वर्ण जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्य पदक जित्यो। सोही इभेन्ट महिलातर्फ नवलपरासीले स्वर्ण, पर्वतले रजत र स्याङजाले कास्य पदकमा चित्त बुझायो।
२ सय मिटर पुरुष दौडमा संदीप चौधरी(कपिलबस्तु)ले स्वर्ण, जयसराम चौधरी(कपिलबस्तु)ले रजत र प्रदिप चौधरी(नवलपरासी)ले कास्य पदक जिते। २ सय मिटर महिला दौडमा रिमा कार्कीी(म्याग्दी)ले स्वर्ण,रोस्मी कार्की(गोरर्खा)ले रजत र सरिष्मा थापा(स्याङजा)ले कास्य पदक जिते।
पश्चिमाञ्चलबाट ह्याडबल पुरुष र भारोत्तोलनका खेलाडी छनोट भएका छन्। बुधबार सम्पन्न खेलबाट ह्याण्डबलमा कास्कीका खेलाडीले वर्चश्व जमाएका छन्। छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन्। जसमा कास्कीबाट विशाल बस्नेत, बिमल अधिकारी, सन्दिप खड्का, दिनेश श्रेष्ठ, प्रेम गुरुङ, सरन थापा, चन्द्र केसी, भासु गुरुङ, सुरज देवकोटा छन् भने प्रतिक भुजेल(रुपन्देही), प्रतिक थापा(रुपन्देही), प्रचन काला(बाग्लुङ), कल्याण भण्डारी(बाग्लुङ), डम्वर बहादुर महतो(नवलपरासी) छन्। यस्त बैकल्पिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी(कास्की) रहेका छन्।
बास्केटबल
छनोट अन्र्तगत पोखरा रगंशालामा सम्पन्न पुरुष बास्केटलमा म्याग्दीले कास्कीलाई ६३–५१ को स्कोरमा पराजित गरेको छ। कास्कीले मुस्ताङलाई ६४–४२ स्कोरले पराजित गर्यो। अर्को खेलमा मुस्ताङले स्याङजालाई ५४–४७ ले पराजित गरेको छ। महिला बास्केटलमा म्याग्दीले कास्कीलाई ७०–६६ स्कोरले पराजित गरेको छ भने कास्कीले रुपन्देहीलाई २१–१०ले पराजित गर्यो।
क्रिकेट
पोखरा रगंशालाको क्रिकेट मैदानमा विहिबार भएको खेलमा कास्कीले नवलपरासीलाई ९ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नवपलरासीले सवै विकेट गुमाउदै ८८ रजनमा समेटिएको थियो भने जवाफी ब्याटिङमा उक्रेके कास्कीले एक विकेट गुमाएर ९१ रन बनाउदै जित दर्ता गर्यो।।
अर्को खेलमा रुपन्देहीले गुल्मीलाई ५२ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतीमा १ सय ३३ रन जोडेको थियो। १ सय ३४ रनको लक्ष्य सहित मैदान उत्रेको गुल्मी सात विकेट गुमाएर ८१ रनमात्र जोडन सक्यो।
त्यस्तै महिला क्रिकेटमा रुपन्देहीले कास्कीलाई १० विकेटले पराजित गरेको छ। कास्कीले पहिले ब्याटिङ गदै आफना सवै विकेट गुमाउँदै जम्मा ४८ रनको लक्ष्य दिएको थियो । रुपन्देहीले उक्त लक्ष्य विना विकेटको क्षतीमा भेट्टाएको थियो।
मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन। प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ।