PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधव घिमिरे दुर्घटनाबारे पूर्व आइजीपीको रिपोर्ट : दुर्घटनामा आपराधिक संलग्नता खुलेन



केपी ढुंगाना

माधव घिमिरे दुर्घटनाबारे पूर्व आइजीपीको रिपोर्ट : दुर्घटनामा आपराधिक संलग्नता खुलेन

काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी कुवेर सिंह राना नेतृत्वको छानविन आयोगले ट्रकलाई ओभरटेक गर्नेक्रममा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप दुर्घटनामा परेको निष्कर्ष निकालेको छ ।

विहीबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाइएको प्रतिवेदनमा ‘ छानविनमा दुर्घटनामा कोही कसैको आपराधिक संलग्नता भएको खुल्न नआएको’ उल्लेख छ ।

असोज ९ मा पोखराबाट काठमाडौं आउनेक्रममा चितवनको दारेचोकको घोप्टेभिरमा घिमिरे परिवार चढेको वा ९ च १५३१ स्कार्पियो जिप खोलाका खसेको थियो । दुर्घटनापछी वेपत्ता घिमिरे अझै फेला परेका छैनन ।

दुर्घनापछी सरकारले असोज १० मा पूर्वआइजीपी रानाको संयोजकत्वमा नेपाल प्रहरीका एआइजी केदारप्रकाश साउद, सशस्त्र प्रहरीका एआइजी प्रेमकुमार शाही, गृहमन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थी र सडक विभागका नायव महानिर्देशक दयाकान्त झा रहेको छानविन आयोग गठन गरेको थियो ।

प्रतिवेदन अनुसार घटनाको दिन घिमिरे आफैंले जिप चलाएको पुष्टी गर्दै ‘तिब्र गतीमा रहेको जिपले विपरित दिशाबाट आएको ट्रकलाई अचानक देखेपछी देब्रे लेनतिरजानेक्रममा अनियन्त्रित भइ दुर्घटना भएको’ उल्लेख छ ।

प्रतिवेदन अनुसार जिप घटनास्थलबाट ८३ मिटर तल खसेको थियो । सो दुर्घटनामा घिमिरेकी आमा चैतन्यकुमारी, भाई मोहन घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले,  अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र कार्कीको निधन भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell