34.jpg)
काठमाडौँ: दिपक रौनियार निर्देशित फिल्म 'सेतो सुर्य'को नेपाल प्रिमियरसँगै १४ औँ ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ किम्फ विहिबारबाट सुरु भएको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विहिबार एक समारोहबीच महोत्सवको उद्घाटन गरे।
'सेतो सूर्य'को प्रिमियर प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियो भने टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरियामा पनि प्रदर्शन गरिसकेको छ। ८८ मिनेट लामो 'सेतो सूर्य' नेपालमा द्वन्द्वपश्चात् आएको सामाजिक–राजनीतिक परिवर्तनको परिदृश्यमा आधारित छ।
कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने किम्फ महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ। महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन्।
हिमाल एसोसिएसनद्वारा आयोजित किम्फमा अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २० वटा फिल्म छन् भने अन्यमा ४८ वटा फिल्म छन्। यस्तै नेपाली पानोरामामा १६ वटा फिल्म देखाइनेछन्, जसमध्ये किम्फ डक ल्याबबाट चारवटा फिल्म सामेल हुनेछन्।
अलायन्स फर सोसल डायलग (एएसडी) र काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)को संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा यस वर्ष ‘स्ट्रेन्थेनिङ नेपाल्स पब्लिक सर्भिसेज’ शीर्षकमा सर्ट फिल्म प्रतियोगितासमेत हुनेछ। यसका साथै लोकप्रिय नेपाली पानोरामामा नेपाली प्रतिभाद्वारा निर्मित रोचक फिल्मसमेत देखाइने महोत्सव आयोजक समितिका अध्यक्ष वसन्त थापाले जानकारी दिए।
अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन वटाले क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र नन–फिक्सन विधामा उत्कृष्ट ठहरिएका दुईलाई जनही ५० हजार नगद पुरस्कार दिइनेछ।
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ। महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ पाउनेछ। राससको सहयोगमा