PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

एमालेले ३६ सालको राजनीतिक गल्ती दोहोर्याउँदै छ : यादव



पहिलोपोस्ट

एमालेले ३६ सालको राजनीतिक गल्ती दोहोर्याउँदै छ : यादव

काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् महेन्द्र यादवले नेकपा एमालेले २०३६ सालमा जस्तै राजनीतिक गल्ती दोहोर्याउन लागेको आक्षेप लगाएका छन् ।

एमालेले राष्ट्रियताको नारा चर्काएर राष्ट्रियतालाई नै कमजोर पारिरहेको दावी गर्दै उनले 'संविधान संशोधनमा अवरोध गरेर एमालेले ३६ सालको जनमत संग्रहमा पहेलोमा रंगमा भोट हाले झै फेरी गल्ति दोहोर्‍याउन लागेको" बताएका हुन्।

०३६ सालमा कांग्रेसलाई कमजोर बनाउन एमालेले पहेलो रंग छान्दा पञ्चायत शासनको आयु १० वर्ष लम्बिएको र अहिले पनि उसले कांग्रेसलाई कमजोर बनाउन राष्ट्रियताको विषय उठाएको उनको तर्क थियो ।

'संविधान संशोधन नभए संविधान कार्यान्वयन हुँदैन, संविधान कार्यान्वयन नभए देश फेरी डेडलक हुन्छ,' पहिलोपोष्टसँग यादवले भने, 'देश डेडलक भयो भने राष्ट्रियता बलियो हैन कमजोर हुन्छ।'

एमालेले राष्ट्रियताको कुरा गरेर नागरिकलाज्ञ पहाडीया र मधेसीमा विभाजित गर्ने प्रयास गर्दै कसैलाई राष्ट्रवादी र कसैलाई दलाल बनाइरहेको उनले बताए ।

'जनता जनता माथिको विभाजन राष्ट्रघात हो, एमालेले राष्ट्रघात गरिरहेको छ' उनले दावी गरे।

'पहाडले तराईलाई र तराईले पहाडलाई विश्वास गर्न नसक्दासम्म राष्ट्रियता बलियो हुँनै सक्दैन,' उनले भने, 'एमालेले राष्ट्रियताको कुरा आगामी चुनाव केन्द्रित भएर उठाइरहेको छ।'
 
   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell