नोमपेन्ह (कम्बोडिया) : भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको छ। ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
नोभेम्बरको अन्तिम सातायता १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताए।
स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरुको मृत्यु भएको उनले बताए।
कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ।रासस/एएफपी