PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

शीतलहर सुरु भएपछि तराई प्रभावित, गरिब-विपन्नलाई बढी समस्या



राधेश्याम पटेल

शीतलहर सुरु भएपछि तराई प्रभावित, गरिब-विपन्नलाई बढी समस्या

वीरगन्ज : शीतलहर सुरु भएपछि तराईको जनजीवन प्रभावित बनेको छ। मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका अन्य जिल्लमा बिहानको समयमा शीतलहर सुरु भएको छ।
 
बाराको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अन्तर्गत रहेको जल तथा मौसम विज्ञान हावापानी केन्द्रका अनुसार एक सातायता तापक्रममा गिरावट भइरहेको हो।
 
हावामा पानीको मात्रा बढ्दै जाँदा चिसो बढ्ने र शीतलहर सुरु हुने प्राविधिक रामशरण यादवले जानकारी दिए।
 
तराईका जिल्लामा चिसो बढैपछि खासगरी गरिब तथा निम्न परिवारका वृद्ध बालबालिका बढी प्रभावित हुने गरेका छन्। बर्सेनि चिसोको कारण तराईमा सयौंको ज्यान जाने गर्छ।

बाक्लो हुस्सु, चिसो हावा र शीतलहरले गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ। वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ। मौसम अनुसारको खानपान, शरीर ढाक्ने लुगाफाटोको अभावमा डुम, चमार, मुसहर समुदायका मानिसको ज्यान जाने गरेको छ।
 
स्थानीय संघसस्थाले आफ्नो नजिक भएको बस्ती तथा टोलमा चिसो प्रभावितहरुको तथ्याक संकलन गरी सहयोग गर्नुपर्ने बेला आएको समाजिक अगुवाहरुले सल्लाह दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell