PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

संविधान संशोधनको विरोधमा संघीय गठबन्धनको बन्द, 'थरुहट'ले दियो साथ



पहिलोपोस्ट

कैलाली : सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात बन्द गरिएको हो।
 
सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेदार हुनेसमेत बताएका छन्।
 
बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell