
अर्मेनियन खेलाडी हेनरिक मखातरन र ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि इंगलिस क्लब मयानचेष्टर युनाइटेड जोर्यालाई २-० ले पराजित गर्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ।
यसै सिजन ओल्ड ट्राफोर्ड क्लब पुगेका मखातरनको युनाइटेडका लागि यो पहिलो गोल हो। मखातरनले ४८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ८८ औं मिनेटमा इब्राहिमोभिचले गोल गरेपछि युनाइटेडले २-० को जित हात पारेको हो।
जितपछि १२ अंक जोडेको युनाइटेड फेनरवाचेभन्दा एक अंकले पछि रहाँदै समूह ए को उपविजेता बन्यो। अर्को खेलमा फेनरबवाचेले फेयेनुर्डलाई १-० ले हराएपछि टर्कीस क्लब समूह विजेता बन्दै नकआउट राउण्डमा पुगेको हो। फेनरवाचेको जितमा माउसा सो ले निर्णायक गोल गरे।
युनाइटेडल नकआउट राउण्डमा पुग्दा अर्को इंगलिस क्लब साउथह्याम्पटन भने समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा हापोल विर सिभासँग हेरेलु मैदानमा १-१ गोलको बराबरी खेलेपछि साउथह्याम्पटनको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना समाप्त भएको हो।
हापोल र साउदह्याम्पटनको समान ८ अंक भएपनि हापोलले साउथह्याम्पटनको मैदान गोल गर्न सकेका कारण हापोल नकआउटमा पुगेको हो। यी दुई बीच हापोलको मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सककिएको थियो। हापोल समूह के बाट उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो। अर्को खेलमा इन्टरमिलानसँग २-१ ले हारेपनि १२ अंक रहेको स्पार्टा प्राग समूह के को विजेता बनेको छ। इन्टरलाई सान्त्वना जित दिलाउन एडरले दुवै गोल गरे।
इन्टर बाहिरिएपनि अर्को इटालियन क्लब फियोरेन्टिना भने समूह जे को विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ। अन्तिम खेलमा फियारेन्टिनाले कारावाक एफकेलाई २-१ ले हरायो। फियोरन्टिनाको माटियस भेसिनो र फेडेरिको चिएसाले गोल गरे। यसै समूहबाट ग्रीक् क्लब पाओक थेसानालिकी एफसी चेक क्लब स्लोभान लिवरेकलाई २-० ले पराजित गर्दै समूह उपविजेता बनेको छ।
यस्तै स्पानिस क्लब भियारियल पनि अन्तिम खेलमा स्टेउ बेखारेस्टीलाई २-१ ले पराजित गर्दै समूह एलको उपविजेता बनेर अन्तिम ३२ मा पुगेको छ। स्पेनबाट एथ्लेटिको विल्वाओ र सेल्टा भिगो पनि नकआउट राउण्डमा प्रवेश गरेका छन्।
युरोपा लिगको अन्तिम ३२ मा १२ समूहका समूह विजेता र उपविजेता गरी कुल २४ क्लब प्रवेश गर्नेछन्। यस्तै च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो स्थानमा रहेका ८ समूहका ८ क्लबले पनि युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछन्।