PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

जङ्गली जनावरले खाएको अवस्थामा फेला पर्‍यो वयस्क पुरुषको शव



पहिलोपोस्ट

बैतडी : जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
 
मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए।
 
‘शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ,’ उनले भने, ‘हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ।‘
 
स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ। चितुवा मार्न परिचालन गरेको टोली पनि मङ्सिर पहिलो साता फर्किसकेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell