PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हास्यकलाकार आरपी भट्टराई 'लाजालाम'को निधन



पहिलोपोस्ट

हास्यकलाकार आरपी भट्टराई 'लाजालाम'को निधन

काठमाडौं : हास्य कलाकार रुद्रप्रसाद भट्टराई ‘आरपी’को आज बिहान निधन भएको छ।

मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको कलाकार दीपकराज गिरीले पुष्टि गर्दै पहिलोपोस्टलाई जानकारी दिए।
 
उच्च रक्तचापका बिरामी रहेका भट्टराई बिहीबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका थिए।
 
डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell