PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सीमांकनको विरोधमा गुल्मी बन्द जारी, दसौं दिन पुग्दा जनजीवन प्रभावित



रासस

तम्घास (गुल्मी) :  सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप प्रभावित बन्दै गएको छ।
 
बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्न बाध्य भएका छन्। आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन्। आन्दोलनको दशौँ दिन शुक्रबार संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिको आयोजनामा जिल्लाका आठवटा ग्रामीण क्षेत्रका मुख्य मुख्य स्थानमा विरोध सभाको आयोजनासमेत गरिएको छ।
 
संसद्मा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म गुल्मी बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell