PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

उदयपुरमा बस दुर्घटना : तीन जनाको मृत्यु, २९ गम्भीर घाइते



पहिलोपोस्ट

काठमाडौं : उदयपुरको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी खण्डमा आज भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
 
लेखानी-५ भदौरेमा बा ४ ख ३६२० नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार ४२ जनामध्ये २९ को अवस्था गम्भीर छ। १० जना सामान्य घाइते भएका छन्।
 

हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थी बोकेको बस फर्कने क्रममा दुर्घटनामा परेको उदयपुर जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले पहिलोपोस्टलाई जानकारी दिए।
 
बिहान हुस्सु लागेको र गाडीमा प्राविधिक समस्या आएका कारण सो दुर्घटना भएको उनले बताए। बस चालक समेत गम्भीर घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell