PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मिर्गौलापीडित पत्रकार ढकालको निधन



पहिलोपोस्ट

मिर्गौलापीडित पत्रकार ढकालको निधन

सुरुङ्गा (झापा) : झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।
 
मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बन्नुभएका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। २००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित थिए।
 
२०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ वर्षसम्म अध्यापन समेत गरेका थिए।
 
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ढकाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell