PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

संशोधन प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोजिरहेको छ : सुवास नेम्वाङ



पहिलोपोस्ट

संशोधन प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोजिरहेको छ : सुवास नेम्वाङ

पथरी (मोरङ) : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन्।
 
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन।‘
 
एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्र गरेको आरोप लगाए। ‘९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य छैन,’ उनले भने।
 
भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिँदै उनले ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell