PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दक्षिण कोरियाली राष्ट्रपति पार्कविरुद्धको महाभियोग प्रस्ताव पारित



पहिलोपोस्ट

दक्षिण कोरियाली राष्ट्रपति पार्कविरुद्धको महाभियोग प्रस्ताव पारित

दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ।

कोरियाको राष्ट्रियसभाको बहुमतले पारित भएको बताएको छ। राष्ट्रियसभामा रहेका ३ सय सदस्यमध्ये महाअभियोग प्रस्तावको पक्षमा २३४ भोट परेको थियो।

जसमा पार्कका पार्टी साएनुरीका समेत केही सदस्यले भोट दिएको बिबिसीले उल्लेख गरेको छ।

महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति पार्कको शक्ति अब प्रधानमन्त्री ह्वाङ क्यो हमा सरेको छ।

पार्कको सहयोगमा उनका नजिकका साथीले राजनीतिक शक्तिको दुरुपयोग गरेपछि राष्ट्रपति पार्क विवादमा फसेकी थिइन्। यसअघि महाभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रियसभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजीनामा दिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell