PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

संशोधन विधेयक पास हुने देखेर एमाले आत्तियो : फोरम नेता सुवेदी



पहिलोपोस्ट

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणी सुवेदीले एमालेले सविधान संशोधन विधेयक छेक्ने हैसियत गुमाइसकेको दावी गरेका छन् ।

संशोधनको विरोधमा एमाले सडकमा जति उर्फे पनि विधेयक पारित हुने दावी गर्दै उनले भने ‘ढुक्क हुनुस्, संशोधन प्रस्ताव पारित हुन्छ ।‘

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा बोल्दै उनले ‘एमालेले सडकमा जस्तो सुकै ताण्डव देखाएपनि संशोधन नरोकिने दावी समेत गरे । संसदमा आफू बिना पनि बहुमत पुग्ने देखेर एमाले आत्तिएको उनले टिप्पणी गरे ।

विधेयकमाथिको छलफलमै अवरोध गर्नु एमालेको अतिवादी सोंच भएको टिप्पणी गर्दै उनले खोक्रो राष्ट्रवादको नाममा एमाले निकास विरोधी रहेको आरोप लगाए ।

‘निकासको ढोका थुनेर एमालेले चुनावको राग अलाप्नु ढोंग मात्रै हो । एमालेले निकास चाहेको हो भने विधेयकमाथि खुला छलफलमा आउनुपर्यो । सडकमा मात्रै उर्फेर हुँदैन’सुवेदीले भने । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell