PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

कठमाडौं : यही डिसेम्बरमा भारतमा आयोजना हुने चौथो महिला साफ च्याम्पियनसिपको लागि रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ। 

शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा २० सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो। टोलीम ३ गोलरक्षक, ६ डिफेन्डर, ६ मिडफिल्डर र ५ फरवार्ड रहेका छन्। 

कुमार थापाले नेपाली महिला टोलीको मुख्य प्रशिक्षक रहेका छन् भने उनलाई सहयाकमा अस्मिता खवास रहकी छिन्।

आगामी डिसेम्बर २६ बाट भारतको सिलगुरीमा हुने साफ च्यामिपयनसिपमा नेपाल श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूह ए मा छ।

नेपाली टोली
गोलरक्षक :    नमिता कुमारी दली, अन्जली तुम्बावो सुबा, अन्जना राना मगर,
डिफेन्डर :     गीता राना, पुनम जर्गा मगर, हिरा कुमारी भुजेल, अन्चली वाइबा (उपकप्तान), मनमाया लिम्बु, कविता धिमाल
मिडफिल्डर :  सपना लामा, दीपा अधिकारी, अनिता बस्नेत, रेनुका नगरकोटी(कप्तान), दीपा राई, मन्जली कुमारी योन्जन
फरवार्ड :       सावित्री भण्डारी, कृष्णा खत्री, सर्मिला थापा, सरु लिम्बु, निर्मला विके



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell